गगन थापा नेतृत्वले तयार पारेको कांग्रेसको घोषणापत्र पारित

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र पारित गरेको छ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको घोषणापत्र पारित गरेको हो। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा आएको सुझावसहित महामन्त्री थापाको नेतृत्वको समितिले तयार पारिएको घोषणा पत्र चाँडै नै सार्वजनिक गरिने छ।

आजको बैठकमा महामन्त्री थापाले घोषणा पत्रको खाका प्रस्तुत गरेका थिए। त्यसमा नेताहरू टिप्पणी गरेका थिए। कांग्रेसले महामन्त्री थापाको नेतृत्वमा एउटा समिति नै बनाएर स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने निर्णय गरेको थियो।

आजको बैठकमा सभापति शेरबहादुर देउवालाई इतरपक्षका नेताहरूले आउँदो स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न पनि सुझाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved