मावि तह शिक्षकको लाइसेन्स खुल्यो

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। इच्छुकहरूले आजदेखि १ महिनासम्म फर्म भर्न सक्नेछन्।

नेपालभ्युज

मावि तह शिक्षकको लाइसेन्स खुल्यो

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। इच्छुकहरूले आजदेखि १ महिनासम्म फर्म भर्न सक्नेछन्।

आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘‘शिक्षक सेवा आयोगको मिति २०७८ चैत २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७८÷१२।३० गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’’

दोब्बर दस्तुरको हकमा जेठ ५ भित्र दरखास्त भरी पेस गर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved