चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको फोटो, आयोगले प्रष्टीकरण सोध्ने

चुनाव प्रचारका लागि तयार पारेको पोस्टरको चौतर्फी विवाद आएपछि नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ।

नेपालभ्युज

चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको फोटो, आयोगले प्रष्टीकरण सोध्ने
फाइल तस्वीर

काठमाडौँ। चुनाव प्रचारका लागि तयार पारेको पोस्टरको चौतर्फी विवाद आएपछि नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैँले गरेको फेसबुकमा गरेको पोस्ट हटाएका हुन्। ‘‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा” लेखिएका पोस्टर आज बिहान सार्वजनिक गरिएपछि सो पोस्ट हटाएपछि अर्को पोस्टर राखिएको छ।

प्रचण्डले आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर भएको चुनावी पोस्टर सार्वजनिक गरेका थिए। निर्वाचन आचारसंहिता २०७८ मा विपरीत समेत रहेको सो पोस्ट व्यापक आलोचना भएपछि हटाइएको बताइन्छ।

कार्यकारी निर्देशक घिसिङले समेत आफ्नो सहमतिबिना तस्वीर राखिएको प्रतिक्रिया दिएपछि हटाइएको हुन सक्ने चर्चा चलेको छ। सरकारी पदमा रहेका व्यक्तिको फोटो पार्टीको चुनावमा प्रचार गरिएको भन्दै आलोचना भएको थियो।

तर, माओवादी नेता शर्मा ऊर्जा मन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको कारण पोस्टरमा कुलमानको फोटो राखिएको माओवादीका एक नेताले बताए।

सोही प्रचार सामग्रीकै विषयमा निर्वाचन आयोगले समेत माओवादी केन्द्रलाई स्पष्टीकरण सोध्ने भएको छ। निर्वाचन आचारसंहिता २०७८ को दफा ५ विपरीत सामग्री प्रचारप्रसार गरेकाले स्पष्टीकरण सोध्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उनले भने ‘‘पदाधिकारी कर्मचारी, र निकायहरूले पालना गर्नुपर्ने आचरण विपरीतका गतिविधि देखिएकाले यो किन र कसरी भयो भन्ने बारेमा सम्बन्धित पक्षसँग प्रस्टीकरण माग गर्नेछौँ।’’

चुनावी पोस्टरबाट माओवादीले कुलमानको फोटो हटाएपछि राखिएको अर्को प्रचार सामग्री

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved