नीमाले ल्यायो ‘जुनियर मेगा माइन्ड’

नेपालभ्युज

नीमाले ल्यायो ‘जुनियर मेगा माइन्ड’

काठमाडौं । नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष  : जुनियर मेगा माइन्ड’ बजारमा ल्याएको छ ।

प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका उक्त सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेशनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिन डा डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्राध्यापक विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेशन केन्द्रका निर्देशक प्रा डा सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेलगायतको उपस्थितिमा सो एप्स मङ्गलबार सार्वजनिक गरिएको हो ।

निममा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले जुनियर मेगामाइन्ड कार्यक्रमले स्टिमकोर्षलाई साना बालबालिकामा सानैदेखिको अवधारणामा काम गर्ने र पछि आफ्नो अभिरुचिको क्षेत्र पहिल्याएर अगाडि बढ्न सहज गराउने बताए।

दुरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले अबको विश्वले सो कोर्ष लागू गरिसकेको र नेपालले पनि गर्नुको विकल्प नरहेको बताए

फाउन्डेशनका प्राज्ञिक निर्देशक मोहन घिमिरेले चार वर्षअघि बजारको अध्ययन गरेर विषयगत विज्ञ लेखकको सहभासगितामा सो सामग्री तयार गरिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved