एलएलबी प्रवेश परीक्षाका लागि खुल्यो फारम

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।

नेपालभ्युज

एलएलबी प्रवेश परीक्षाका लागि खुल्यो फारम

काठमाडौं। त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ। शैक्षिक सत्र ०७७\०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।

वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ। एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ। फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ। त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन्।

प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved