नेपाल बैंकले ७.०३ प्रतिशतसम्म ब्याज दिने, १ वैशाखबाट लागू

नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा भोलि वैशाख १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

नेपालभ्युज

नेपाल बैंकले ७.०३ प्रतिशतसम्म ब्याज दिने, १ वैशाखबाट लागू

काठमाडौं। नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा भोलि वैशाख १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ।

बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमशः ८.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ। त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved