चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालभ्युज

चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । साबिक विजेता चेल्सीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबल प्रतियाेिगताकाे सेमिफाइनलमा स्थान बनाएको छ । रियलले चेल्सीविरूद्ध समग्रमा ५-४  को जीत दर्ता गरेको हो।

पहिलो लिगमा ३-१ ले पराजित भएको चेल्सीले दोस्रो लेग ३-२ ले जिते पनि सेमिफाइनल प्रवेशका लागि त्यो पर्याप्त भएन।  रियलको घरेलु मैदानमा निकै आक्रमक देखिएको चेल्सीले ७५ औं मिनेटसम्म ३-० अग्रता लिएर सेमिफाइनल पुग्ने संभावना बलियो बनाएको थियो।

चेल्सीबाट १५ मिनेट मासोन माउन्ट,  ५१ मिनेटमा एन्टोनियो रूडिगेर र ७५ मिनेटमा टिमो वेर्नरले गोल गरे। रियलका लागि रोड्रिगोले ८० मिनेटमा एक गोल फर्काए।

त्यस्तै करिम बेन्जामाले इन्जरी समयको अन्त्यमा गोल फर्काउँदै रियलको जित सुनिश्चित गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved