उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी

नेपालभ्युज

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। लामो समयदेखि आर्थिक पत्रकारिता क्षेत्रमा काम गर्दै आएका अवस्थीलाई महासंघले आइतबार महानिर्देशकमा नियुक्त गरेको हो।

अवस्थीले यस अघि महासंघको उप महानिर्देशकको रुपमा काम गरिसकेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्षसमेत रहिसकेका अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका जानकार हुन्। उनी यसअघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved