दहचोक-सुरुङमार्ग आयोजनापीडितको आन्दोलन, कार्यालय तोडफोड

नेपालभ्युज

दहचोक-सुरुङमार्ग आयोजनापीडितको आन्दोलन, कार्यालय तोडफोड

काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले मंगलबार आयोजनाको कार्यालय तोडफोड गरेका छन्।

घट्टेडाडास्थित आयोजनाको कार्यालय अगाडि अहिले पनि स्थानीयले नाराबाजी जारी राखेका छन्। आयोजानाको कार्यालय परिसरमा दर्जनौं प्रहरी परिचालन गरिएको छ।

हिजो पनि स्थानीयले कार्यालय तोडफोड गरेका थिए।

दुई सातायता स्थानीयले प्रदर्शन जारी राखेका छन्। तर, खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। तर प्रतिबद्धता पूरा नभएसी पुनः आब्दोलन शुरु गरिएको चन्द्रागिरिका समाजसेवी उत्तम कार्कीले बताए।

आक्रोशित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करीब १ दर्जन झ्यालका सिसाहरू फुटेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved