बाढी आएपछि घुम्‍न गएकी जर्मन मन्त्रीले गल्ती स्विकार्दै राजीनामा दिइन्

नेपालभ्युज

बाढी आएपछि घुम्‍न गएकी जर्मन मन्त्रीले गल्ती स्विकार्दै राजीनामा दिइन्

एजेन्सी । बाढी आएको बेला घुम्न निस्किएको भन्दै जनस्तरमा विरोध भएपछि जर्मनीमा एक मन्त्रीले राजिनामा दिएकी छिन्। परिवार, जेष्ठ नागरिक, महिला र युवा मन्त्री एन्नी स्पिगलले सोमबार राजिनामा दिएकी हुन्।

गत जुलाईमा जर्मनीमा आएको भयानक बाढीका कारण १ सय ८० जनाले ज्यान गुमाएका थिए। त्यतिबेला राइनेल्यान्ड-प्यालेटिनेट उपत्यका (राज्य)मा मात्रै १ सय ३४ जनाले ज्यान गुमाए।

यस राज्यमा बाढी आएको १० दिनपछि स्पिगल आफ्नो परिवारसहित घुम्नका लागि छुट्टीमा फ्रान्स गएकी थिइन्।

यो विषय सञ्चारमाध्यममा आएपछि जनस्तरमा स्पिगलको विरोध भएको थियो। स्पीगल यस राज्यकी पूर्व सहायक गर्भनर तथा पूर्व वातावरणमन्त्री समेत हुन्।

जर्मन चान्सेलर ओलाफ स्कोल्जको गठबन्धन सरकारमा राजीनामा गर्ने स्पिगल पहिलो मन्त्री हुन्। चान्सलर कोल्जले स्पिगलको निर्णयप्रति आफ्नो उच्च सम्मान गरेको बताएका छन्। उनले स्पिगलको उज्वल भविष्यको कामना गरे।

क्षेत्रीय अधिकारीहरूले बिदामा छँदा पनि स्पिगल सम्पर्कमै रहेको र बाढीमा बिचल्ली परेकाहरूलाई सहयोग पुर्‍याइरहेको दाबी गरेका थिए। तर सञ्चारमाध्यममा समाचार आएपछि जनस्तरबाट उनको राजीनामा माग भयो।

स्पीगलले आफ्नो गल्ती स्विकार्दै माफी मागेकी छिन्। ”म धेरै लामो समय बिदामा जानु गल्ती थियो,” ४१ वर्षीया मन्त्रीले भनिन्। उनले कोभिड १९ महामारीका कारण आफ्ना बच्चाहरू ठिक अवस्थामा नरहेको र हृदयघाटबाट प्रताडित भएपछि आफ्ना श्रीमान्लाई समेत तनावमुक्त रहनुपर्ने भएकाले घुम्‍नका लागि छुट्टी लिनुपरेको पनि सुनाएकी छिन्।

विज्ञप्तिमा उनले भनेकी छिन्,”ठूला राजनीतिक चुनौतिहरू सामना गरिरहेको मेरो सरकारको बचाऊका लागि मैले राजीनामा दिएको छु।”

गत सातामात्रै अर्को एक जर्मन राज्य नर्थ राइने वेस्टफालियाकी वातावरण मन्त्रीले राजीनामा दिएकी थिइन्, उनी पनि बाढी आएको समयमा स्पेनिस टापू मर्लोकामा छुट्टी मनाउन गएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved