रामेछाप। रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा रहेको बसपार्क समयमै आवश्यक मर्मत सम्भारको अभावमा अस्तव्यस्त बनेको छ। सवारीसाधन पार्किङमा समस्या हुँदा होटल व्यवसायी र अन्य व्यापारीको व्यापारसमेत प्रभावित भएको छ।
समयमै मर्मतको काम नसकिँदा मन्थली बसपार्क अस्तव्यस्त बनेको हो।। गत वर्षदेखि नै अस्तव्यस्त बनेको बसपार्क मर्मतका लागि केही समयअघि काम थालिएको भएपनि अहिले उक्त काम रोकिएको छ। जसकारण व्यवसायीहरू चिन्तित बनेका छन्।
मन्थली बसपार्कमा दिनहुँ ३० देखि ४० वटा बस पार्किङ गरिन्छ। दैनिकजसो बसपार्कमा धुलो, धुवाँ र हिलोका कारण व्यवसायमा असर परेको होटल व्यवसायी मानबहादुर आलेले बताए।
सहरी विकास तथा भवन सिन्धुलीमार्फत लुमिनस कन्स्ट्रक्सनले ३३ लाख रुपियाँको लागतमा चालू आर्थिक वर्षका अन्त्यसम्म सम्पन्न गरिसक्ने सम्झौता गरेको थियो।
फलामे डन्डीलगायतका निर्माण सामग्रीमा ५० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएकाले तत्काललाई निर्माणको काम रोकेको लुमिनस कन्स्ट्रक्सनका सञ्चालक रोशन श्रेष्ठले बताए।
Facebook Comment
Comment