आंशिक बदली र वर्षाको संभावना

नेपालभ्युज

आंशिक बदली र वर्षाको संभावना
सांकेतिक तस्बिर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved