खानाका स्वादलाई विश्वव्यापी फैलाउनुपर्‍यो : मन्त्री आले

नेपालभ्युज

खानाका स्वादलाई विश्वव्यापी फैलाउनुपर्‍यो : मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरूले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताए।

उनले भने, “कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरूको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरूले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनुपर्‍यो।”

यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्पर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुशी भएकोसमेत बताए। यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरू नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताए।

उनले भने, “खानामा क्षेत्रीयस्तरको स्वादको सबैभन्दा महत्वपूर्ण भूमिका रहने गदर्छ, आफूले सिकेको कुरा यहाँ अध्यान गर्ने विद्यार्थीलाई सिकाउनुहोला।” यसैगरी मन्त्री आलेले आफू छोटो कार्याकालको शुरुदेखि नै पर्यटन प्रवर्द्धनका लागि प्रयासरत रहेको र पर्यटन प्रवर्द्धनका लागि विभिन्न विज्ञहरूलाईसमेत अहिले नेपाली पर्यटन क्षेत्रमा नियुक्त गरेको जानकारीसमेत गराए।

सोही अवसरमा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धनका लागि निर्मल पूर्जा निम्सलाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका प्रख्यात बलिउड कलाकार सलमान खानसँग भर्चुल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देश दिएको बताए।

नेपालमा पर्यटक भित्र्याउन तथा यहाँको पर्यटन प्रवद्र्धनका लागि सलमान खान जस्ता कलाकार नेपाल ल्याउन लागेकोसमेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिए।

बीबीसी माष्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved