अर्थमन्त्री शर्माको स्पष्टीकरणः अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौँ

नेपालभ्युज

अर्थमन्त्री शर्माको स्पष्टीकरणः अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौँ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको बताएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन।” अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताएका उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न गरे।

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ। मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए।

यसैबीच पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको अर्थमन्त्री शर्माले जानकारी दिएका छन्। पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको उनले बताए।

विलासिताका वस्तु आयात निरुत्साहित गर्दै रेमिट्यान्स बढाउन श्रमिकहरूको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेकालाई पनि आईपीओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved