हेलिकोप्टरबाट ओलीले गरे उरै र साइपाल हिमालको दृश्यावलोकन

नेपालभ्युज

हेलिकोप्टरबाट ओलीले गरे उरै र साइपाल हिमालको दृश्यावलोकन

बझाङ। नेकपा (एमाले) बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ आइपुगेका अध्यक्ष केपी शर्मा ओलीले तिब्बतसँग सिमाना जोडिएको उरै र साइपाल हिमालको दृश्यावलोकन गरेका छन्।

अध्यक्ष ओलीले सभामा सहभागी हुनुअघि हेलिकप्टरबाट बझाङको उरै भन्ज्याङको अवलोकन गरेका हुन्।

साइपाल हिमाल, उरै भन्ज्याङ दृश्यावलोकन गरेको र ताक्लाकोट सडकखण्डसमेत सोही क्षेत्रमा पर्ने भएकाले अध्यक्ष ओलीले उरै भन्ज्याङ अवलोकन गरेका छन्। चीनसँग सुदूरपश्चिम प्रदेशको सबैभन्दा छोटो दूरीमा पर्ने र सुदूरपश्चिमको समृद्धिको ढोका मानिने ताक्लाकोट नाकाको काम दुई दशकअघि शुरु भएपनि अहिलेसम्म सकिएको छैन।

एमालेको जनसभा जारी रहेको भए पनि अध्यक्ष ओलीले भने सम्बोधन गरिसकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved