विवेकशील साझा पार्टीद्वारा काठमाडौैं महानगरका मेयर र उपमेयरको उम्मेदवार घोषणा

नेपालभ्युज

विवेकशील साझा पार्टीद्वारा काठमाडौैं महानगरका मेयर र उपमेयरको उम्मेदवार घोषणा

काठमाडौं । विवकेशील साझा पार्टीले स्थानीय तह निर्वाचनमा समिक्षा बास्कोटालाई काठमाडौं महानगरको उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष रविन्द्र मिश्रका अनुसार कीर्ति तुलाधरले उपमेयरमा उम्मेदवारी दिनेछिन्।

३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा छिन्।

मेयर र उपमेयरका उम्मेदवारले चाडैं नै संयुक्त घोषणापत्र सार्वजनिक गर्ने पार्टी अध्यक्ष रविन्द्र मिश्रले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved