काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि राप्रपाले आजदेखि अभियान शुरू गरेको छ। देशव्यापीरुपमा जनताको घरदैलामा पुग्नेगरी अभियान थालिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
उनले हरेक जिल्लाका सदरमुकाममा साना ठूला आमसभा, कोणसभा गरिने बताए।
राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।
को-कहाँ खटिए ?
पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरुमध्ये विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरि प्रसाद घिमिरे तेह्रथुम, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, दिनेश कुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही र अर्जुन राई ओखलढुङ्गामा खटिएका छन् ।
त्यसैगरी वीरेन्द्र प्रसाद लाल कर्ण सिराहा, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमत जङ कार्की पाल्पा, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा.धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, गोपाल प्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङमा खटिएका छन्।
Facebook Comment
Comment