कांग्रेसले भन्यो-उम्मेदवारी सिफारिस गर्दा लेबीबाहेक रकम नलिनू

नेपालभ्युज

कांग्रेसले भन्यो-उम्मेदवारी सिफारिस गर्दा लेबीबाहेक रकम नलिनू

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिमबाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ।

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि रकम लिन /उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

यस्तो व्यवस्थाविपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

साथै पार्टीले विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियामावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लिन/उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन जानकारीसमेत गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved