बालोन डी’आर विजेता फुटबलर युक्रेनी सेनामा

नेपालभ्युज

बालोन डी’आर विजेता फुटबलर युक्रेनी सेनामा
फाइल फोटो

एजेन्सी । रूसी आक्रमणबाट आफ्नो देशलाई जोगाउन पूर्व स्टार स्ट्राइकर इगो बेलानोभ युक्रेनी सेनामा आबद्ध भएका छन्। उनी १९८६ को बेलोन डि अर विजेता हुन्।

उनले डायनामो किभबाट आठवटा उपाधि जितेका थिए। १९८० र १९९० को दशकका यी स्टार खेलाडीले बोरूसिया मोइन्चेन्ग्लावाच र इन्ट्रच्येट बाउस्च्विेगबाट पनि खेले।

६१ वर्षका बेलानोभ बेलोन डि अर जित्ने तीन युक्रेनीमध्ये एक हुन्। उनीभन्दा अघि १९७५ मा अलेख ब्लोखिन र उनीपछि २००४ मा आन्द्रे सेभचेन्कोले बेलोन डि अर जितेका थिए।

आफ्नो देशको रक्षाका लागि सेनामा आबद्ध भएको बेलानोभले जनाएका छन्। बेलानोभको डायनाभो किभले १९८६ मा युरोपेली कप विनर्स कपको फाइनलमा एथलेटिको म्याड्रिडलाई ३–० ले हराएर उपाधि जितेको थियो।

बेलानोभले सोभियत संघको राष्ट्रिय फुटबल टोलीबाट ३३ खेल खेल्दै ८ गोल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved