मुम्बई हमलाका ‘मास्टरमाइण्ड’ सइद हफिजलाई अदालतले सुनायो ३१ वर्ष जेल

नेपालभ्युज

मुम्बई हमलाका ‘मास्टरमाइण्ड’ सइद हफिजलाई अदालतले सुनायो ३१ वर्ष जेल

पाकिस्तानको आतंकवादविरोधी अदालतले आतंकवादी हाफिज सइदलाई अवैध धन मुद्दामा ३१ वर्षको जेल सजाय सुनाएको छ।

अदालतले हाफिज सइदको सबै सम्पत्ति जफत गर्ने आदेश दिँदै ३ लाख ४० हजार जरिवाना पनि लगाएको छ। आतंकवादविरोधी अदालतका न्यायाधीश एजाज बटरले सुनुवाए गर्दै हाफिजलाई यो कठोर सजाय सुनाएको हो।

यी मुद्दाहरू पाकिस्तानको सीआईडीले हाफिज र अन्यविरुद्ध दर्ता गरेको थियो। उनलाई काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले जुलाई २०१९ मा लाहोरबाट गुजरावाला जाँदै गर्दा पक्राउ गरेको थियो।

जमात उद दावाका प्रमुख हाफिजलाई संयुक्त राष्ट्र संघले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ। अमेरिकाले उनीमाथि १० मिलियन अमेरिकी डलरको इनाम राखेको छ।

हाफिज सन् २००८ को मुम्बई आतंकवादी हमलाको मास्टरमाइन्ड र वान्टेड मानिन्छ। यस आक्रमणमा सयौंको ज्यान गएको थियो। सन् २०२० मा पनि हाफिज सइदलाई आतंकवादविरोधी अदालतले आतंकवादी फन्डिङ मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved