सबैतिर गठबन्धन गर्ने सहमति भयो, भरतपुरको नेतृत्वबारे छलफल भएन : प्रचण्ड

नेपालभ्युज

सबैतिर गठबन्धन गर्ने सहमति भयो, भरतपुरको नेतृत्वबारे छलफल भएन : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरूबीच तालमेल गर्ने सहमति भएको बताएका छन्। उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन सबैतिर सत्ता साझेदार दलहरूबीच तालमेल हुने बताए।

उनले भने, “मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो।”

अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वको बारेमा भने छलफल नभएको बताए। उनले भने, “छलफलबाट निकास निकाल्छौँ, केही समस्या छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved