प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। बिहान ११ः३० बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ। निर्वाचन सर्ने हल्लाका बीचमा बस्न लागेको गठबन्धनको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालभ्युज

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

काठमाडौं। स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। बिहान ११ः३० बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ। निर्वाचन सर्ने हल्लाका बीचमा बस्न लागेको गठबन्धनको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन्। स्थानीय तह निर्वाचनको तयारी र देखा परेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved