नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा ६ स्रष्टा सम्मानित

नेपालभ्युज

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा ६ स्रष्टा सम्मानित

काठमाडौं। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने ६ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ।

प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित समारोहमा यस वर्षको राष्ट्रिय कलाश्री सम्मानबाट विशिष्ट साहित्यसाधक प्ररशु प्रधान सम्मानित भएका छन्। वरिष्ठ साहित्यकार मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरियो।
कवि एवं अनुवादक केशव सिग्देललाई रु ७५ हजार राशिसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार तथा साहित्यिक पत्रकार धीरेन्द्र प्रेमर्षिलाई रु ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

ललितकलाका साधक मूर्तिकार ओम केसीलाई रु ६० हजार राशिसहितको थिरछायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार तथा लोकप्रिय गायक शिव परियारलाई रु ५० राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार प्रदान गरियो।

सो अवसरमा प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ साहित्यकार विमल कोइराला, संस्कृतिविद् तुलसी दिवस, प्रतिष्ठानका अध्यक्ष मोमिला, उपाध्यक्ष राजेश्वर कार्की, पुरस्कृत स्रष्टा सिग्देललगायतल राष्ट्रको साझा गौरव नेपाली कला, साहितय, सङ्गीत, संस्कृति, दर्शन, इतिहासका क्षेत्रमा अध्ययन, अनुन्धान, प्रकाशन, सम्मेलन, गोष्ठी आयोजना गरी यस क्षेत्रको श्रीवृद्धिमा प्रतिष्ठान समर्पित रहिआएको बताए।

उनीहरूले समाजका हरेक विधाका स्रष्टाले अरुको नक्कल नगरी सिर्जनामा आफ्नै पहिचान दिन यस्ता कार्यक्रमले प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved