एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्टस्ले बिहीबार राति दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ।
दिल्लीले लखनऊलाई खेल जित्न १ सय ५० रनको लक्ष्य दिएको थियो। लखनऊले उक्त लक्ष्य चार विकेटको क्षतिमा अन्तिम दुई बल बाँकी छँदा पूरा गर्यो।
लखनऊबाट क्विन्टन डिककले सर्वाधिक ८० रन स्कोर गरे। दिल्लीका लागि कुलदप यादवले १२ विकेट लिए।
यसअघि उत्कृष्ट ब्याटिङ गर्दै दिल्लीलाई पृथ्वी शाहले राम्रो शुरूवात गराएका थिए। उनले ३४ बलमा ६१ रन बटुलेका थिए। तर, उनी आउट भएपछि ब्याटिङ लय गुमाएको दिल्लीले ३ विकेटको क्षतिमा १ सय ४९ रनमात्रै बनाउनसक्यो।
रोमान्चक अन्तिम ओभर
म्याच जित्न लखनऊलाई अन्तिम ओभरमा ५ रन चाहिएको थियो। दीपक हुड्डा र क्रुणाल पन्ड्या क्रिजमा उपस्थित थिए र बलिङको जिम्मा लर्ड शार्दूललाई दिइएको थियो।
१९ ओभर १ बल : पहिलो बलमै दीपक हुड्या आउट भए। उनलाई अक्षर पटेलले डीप कभरमा क्याट आउट गरे,
१९ ओभर २ बल : यतिबेला लखनऊलाई खेल जित्न ४ ओभरमा ५ रन चाहिएको थियो। तर,क्रिजमा रहेका आयुष बदोनीले कुनै रन बनाउन सकेनन्।
१९ ओभर ३ बल : आयुषले चौका लगाउँदै खेललाई बराबरीको अवथामा ल्याए।
१९ ओभर ४ बल : आयुषले चौथो बलमा शान्दार छक्का प्रहार गर्दै टिमलाई खेल जिताए।
Facebook Comment
Comment