संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित, नेपाल तटस्थ बस्यो

नेपालभ्युज

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित, नेपाल तटस्थ बस्यो

संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार भएको मतदानमा रूसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट निकालिएको छ।

मतदानका क्रममा रूसको विपक्षमा ९३ र पक्षमा २४ मत परेको थियो। नेपालसहित ५८ देश मतदानमा तटस्थ बसेका थिए। युक्रेनको बुचा आक्रमणपछि आज संयुक्त राष्ट्रसंघको महासभाको बैठक बोलाइएको थियो।

परिषद्मा ४७ सदस्य राष्ट्रहरू छन्। यो सन् २००६ मा गठन भएको थियो। यसबाट बहिर्गमित हुने रूस दोस्रो देश हो।

लामो समयदेखि सत्तामा रहेका मोहम्मद गद्दाफीलाई सत्ताबाट हटाएपछि यसअघि सन् २०११ मा लिबियालाई यस परिषद्बाट निकालिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved