उम्मेदवारको टिकट भागमा नआउला भनेर निराश हुनु हुँदैनः प्रकाशशरण महत

नेपालभ्युज

उम्मेदवारको टिकट भागमा नआउला भनेर निराश हुनु हुँदैनः प्रकाशशरण महत

नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्।

नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गरे।

“दलबीचको एकता अहिलेको आवश्यकता हो”, उनले भने, “अवस्था अफ्ठ्यारो छ। सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ। यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरुबीच गठबन्धन र तालमेल गर्न लागिएको हो।” स्थानीय तहको निर्वाचनमा दलबीच हुने तालमेलले पार्टीबाट उम्मेदवार सङ्ख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकांक्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उनको भनाइ छ।

पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरी समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उनले निर्देशन दिए।

देशमा पछिल्लो समयमा बढिरहेको इन्धन र खाद्य सामग्रीको मूल्य वृद्धि नेपालको पहुँचबाहिर अर्थात अन्तर्राष्ट्रिय प्रभावका कारण भएकाले यसलाई रोक्न स्वदेशी सामग्रीको उपभोग बढाउन उनले सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved