कांग्रेस चितवनले भन्यो- मेयर हामीले पाउनुपर्छ, यो अन्तिम बटमलाइन हो

भरतपुर महानगरपालिकाको मेयर पदमा पदको आफ्नो दलकै उम्मेदवार हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस चितवनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेको छ। बिहीबार (आज) सत्तारुढ दलको गठबन्धनको तयारी तथा अनुगमन समितिको संयोजक समेत रहेका नेता पौडेललाई भेटेर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएको हो।

नेपालभ्युज

कांग्रेस चितवनले भन्यो- मेयर हामीले पाउनुपर्छ, यो अन्तिम बटमलाइन हो

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर पदमा पदको आफ्नो दलकै उम्मेदवार हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस चितवनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेको छ। बिहीबार (आज) सत्तारुढ दलको गठबन्धनको तयारी तथा अनुगमन समितिको संयोजक समेत रहेका नेता पौडेललाई भेटेर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएको हो।

महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसभित्र बहस चलिरहँदा जिल्लाका नेताहरूले दबाब बढाएका हुन्।

स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताए।

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अन्तिम बटमलाइन भएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए। पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved