आईपीएलमा मुम्बईको लगातार तेस्रो हार, कोलकता नाइटराइडर्सको जित

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा मुम्बई कोलकता नाइटराइडर्ससँग पनि मुम्बई इन्डियन्स ५ विकेटले पराजित भएको हो।

नेपालभ्युज

आईपीएलमा मुम्बईको लगातार तेस्रो हार, कोलकता नाइटराइडर्सको जित

काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा मुम्बई कोलकता नाइटराइडर्ससँग पनि मुम्बई इन्डियन्स ५ विकेटले पराजित भएको हो।

कोलकता भने तालिकाको शीर्ष स्थानमा रहँदा मुम्बई भने नवौँ स्थानमा छ।  कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।जीतसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको मुम्बईले अंक जोड्न सकेको छैन।

पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको पारि खेल्दा तिलक बर्मा ३८ रनमा नटआउट रहे। डिवाल्ड व्रेभिसले २९ रन बनाउँदा किरोन पोलार्ड २२ रनमा नटआउट रहेका थिए।

कोलकताका लागि पेट कमिन्सले २ विकेट लिए। १६२ रनको जवाफी लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। जिताउनका लागि वेंकटेस अय्यर र पेट कमिन्सले अर्धशतकीय पारि खेले। अययरले ५० तथा कमिन्सले ५६ रनको नटआउट पारि खेले पछि मुम्बईविरुद्ध सहज जित निकाल्न सफल भए। टेमिल मिल्स र मुरुगन अश्विनले दुई दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved