चितवनबाट माओवादीलाई हराउन विदेशी शक्तिसमेत लागिपरेः प्रचण्ड

नेपालभ्युज

चितवनबाट माओवादीलाई हराउन विदेशी शक्तिसमेत लागिपरेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरू चितवनबाट माओवादीलाई कसरी हराउन भन्न लागेका आरोप लगाएका छन्। यसमा देशभित्र मात्र नभई विदेशीहरूको पनि ध्यान जान लागेको बताए।

नेकपा एमालेनिकट युवा संघका भरतपुर महानगरपालिका उपाध्यक्ष भरत खड्गीको नेतृत्वलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले देशको राजनीतिक अवस्था र विकास र समृद्धिको अभियान चलाएको र सबै षडयन्त्र परास्त गर्न आफूहरू जनतासँग मिलेको बताए। भरतपुर चितवनमा विकासको काम गर्दा प्रतिक्रियावादी किन डराएको भनी उनले प्रश्न गरे। जति जति विकास गर्‍यो त्यति प्रतिक्रियावादीहरू उति उति डराएका उनको भनाइ थियो।

“हिजो प्रतिक्रियावादीहरूको मतियारबाट यहाँ आउनुभएको छ, लडेर ल्याएको लोतान्त्रिक व्यवस्था बचाउन युवाहरू लाग्नुस्,” पार्टीमा स्वागत गर्दै उनले भने, “लडेर इँटको जवाफ पत्थरले दिनुस्।”

चितवनले राष्ट्रकै नेतृत्व जन्माएको भन्दै चितवन जिल्ला जुर्मुराएर उठ्नुपर्ने उनले बताए। चितवनले शान्तिको मोडल दिनुपर्ने भन्दै उनले युवाहरूलाई लडेर ल्याएको परिवर्तनलाई लडेर बचाउन आग्रह पनि गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved