गोविन्दलाल संघईले लिए शपथ

नेपालभ्युज

गोविन्दलाल संघईले लिए शपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष श्री गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा शपथ लिएका छन्।

आज बीमा समितिका अध्यक्ष श्री सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ दिलाएका हुन्।

इन्स्योरेन्स कम्पनीको सोमबार सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट संघई पुनः अध्यक्षमा चयन भएका थिए। साधारण सभा सम्पन्नपश्चात् बसेको सञ्चालक समितिको ३३६ औं बैठकले नव निर्वाचित संघईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved