मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

नेपालभ्युज

मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने
सांकेतिक तस्वीर ।

लमजुङ। मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५०० रुपैयाँ भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकामा स्थायी रूपमा बसोबास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुनदेखि नै लागू हुने गरी सम्मानस्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।”

एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनले बताए।

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष छन्। गाउँपालिकाले तीन/तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुनसहित यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved