कंगोमा विद्रोहीको हमलाबाट शान्ति सेनामा गएका एक नेपाली सेनाको मृत्यु

शान्ति सेना मिसनमा कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ।

नेपालभ्युज

कंगोमा विद्रोहीको हमलाबाट शान्ति सेनामा गएका एक नेपाली सेनाको मृत्यु

काठमाडौं। शान्ति सेना मिसनमा कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ। विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ

मृत्यु हुने शैनिकमा सुर्खेत गुर्माकोट– १४ का अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ। राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ।

नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदना व्यक्त गरेका छन्। महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved