दुनियाँमा कहीँ नभएको अदालतले सरकार बनायोः ओली

नेपालभ्युज

दुनियाँमा कहीँ नभएको अदालतले सरकार बनायोः ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियान सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।

अन्य पार्टी काम नलाग्ने भएकाले पनि एमालेमा आएर राष्ट्र निर्माणका अभियानमा सहभागी हुनुपर्ने अध्यक्ष ओलीले तर्क गरे।

मंगलबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमाले प्रवेश गर्न आग्रह गरे।

ओलीले पाँच दलीय गठबन्धन सरकार जनताको मतले नभई अदालतले गलत ढंगले बनाएको दोहोर्‍याए। भने, “कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीहरूमा अल्झिएर वा रुमलिएर रहनु भएको होला। म उहाँहरूलाई सबैलाई ती पार्टीहरू काम लाग्दैनन्। ती परित्याग गरेर नेकपा (एमाले)मा आउन र राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु। अहिले यहाँहरूले देख्नु भएको छ, सुन्न भएको छ–पाँच दलीय गठबन्धन भन्या छ। अपवित्र ढंगले, गलत ढंगले जन्मिएको गठबन्धन। अहिलेको सरकार जनताले बनाएको सरकार होईन। जनताले बनाएको सरकारलाई अध्यारा कुनाहरूमा षडयन्त्र गरेर, त्यही पनि अदालतमा लगेर, कागजको नौं सिङ भन्छन नि। नौं सिङ मध्ये कोखाको सिङले टाउकोको सिङले हानेको होइन। नौं सिङ मध्ये कोखाको सिङले हानेर नेकपा एमालेलाई सरकारबाट हटाएर दुनियाँमा कहीँ नभएको अदालतले सरकार बनाउने, अदालतबाट प्रधानमन्त्री छान्ने काम गरेर यो सरकार गठन गर्‍या हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved