प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाह उद्घाटन

नेपालभ्युज

प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाह उद्घाटन
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाह उद्घाटन गरेका छन्।

प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गरेका हुन्। उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे।

उनले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शिता अभिवृद्धिमार्फत निर्यात प्रवर्द्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताए।

नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved