कांग्रेसमा उम्मेदवार छनोटको प्रक्रिया जारी

नेपाली कांग्रेसको पालिका तहले भोलि मंगलबारसम्म उम्मेदवारको नाम पठाउने तयारी गरेको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिएसँगै आज (सोमबार) वडा कार्यसमितिले चयन गरेको उम्मेदवारको नाम पालिका तहमा आउने डेटलाईन तोकिएको छ।

नेपालभ्युज

कांग्रेसमा उम्मेदवार छनोटको प्रक्रिया जारी

काठमाडौं। नेपाली कांग्रेसको पालिका तहले भोलि मंगलबारसम्म उम्मेदवारको नाम पठाउने तयारी गरेको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिएसँगै आज (सोमबार) वडा कार्यसमितिले चयन गरेको उम्मेदवारको नाम पालिका तहमा आउने डेटलाईन तोकिएको छ।

र पालिकाको कार्यसमितिले पनि भोलि मंगलबारसम्म बैठक बसी पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ। वडा कार्यसमितिको सिफारिसबमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाइने छ।
यसअघि हिजो (आइतबार) उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत देशभरका प्रायः वडाहरूमा कार्यसमिति बैठक बसेको बताइएको छ।

प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिलाई उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था भएको प्रवक्ता डा प्रकाशशरण महतले बताए।

कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवारको पहिलो नाम सिफारिस वडा कार्यसमितिले गर्छ भने पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको पहिलो नाम सिफारिस गाउँ नगर कार्यसमितिले गर्छ। उम्मेदवारको अन्तिम घोषणा गर्ने निकाय रहेको संसदीय समिति पनि छिट्टै गठन गर्न केन्द्रले निर्देशन दिएको छ।

कांग्रेसको प्रत्येक पदका लागि शुरूमा एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved