समृद्ध कर्णालीका लागि मुख्यमन्त्री शाहीले सारे ६ ओटा ‘ब’

नेपालभ्युज

समृद्ध कर्णालीका लागि मुख्यमन्त्री शाहीले सारे ६ ओटा ‘ब’

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताएका छन्।

‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उनले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताएका हुन्।

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ‘ब’ (बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको बताए।

“यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो”, उनले भने, ‘कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अवधारण पुर्‍याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नुपर्ने अवस्था आउँदैन।”

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायत नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताए। उनले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved