विराटनगर। प्रदेश १ को मोरङमा १ लाख बढी मतदाता थपिएका छन्।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयको तथ्यांकअनुसार यसपटक मोरङमा कुल १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थपिएका हुन्। योसँगै मोरङको कुल मतदाता संख्या ७ लाख १५ हजार २ सय २३ पुगेको छ।
जिल्लामा सबैभन्दा बढी विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ जना मतदाता थपिएका निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सबैभन्दा बढी मतदाताहरू रहेको स्थानीय तहको दोश्रो नम्बरमा सुन्दरहरैंचा नगरपालिका परेको छ। सुन्दरहरैंचामा यसपटक १७ हजार ३८४ जना मतदाता थप भएका छन्।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार मतदाता संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १४२ पुगेको छ। २०७४ सालको निर्वाचनमा विराटनगरमा १ लाख १३ हजार ७ सय ६१ थियो। २०७४ सालमा सुन्दरहरैंचाको मतदाता संख्या ५४ हजार ३ सय ७२ थियो। यसपटक ७१ हजार ७ सय ५६ पुगेको जनाइएको छ।
मोरङमा सर्वाधिक कम मतदाता संख्या भएको स्थानीय तह केराबारी गाउँपालिका हो। केराबारीको कुल मतदाता संख्या २३ हजार ९ सय ९० रहेको निर्वाचन कार्यालयको तथ्यांक छ। तथ्यांकअनुसार यसअघि केराबारीमा १७ हजार ९ सय ८९ जना मतदाता थिए। यस्तै उर्लाबारी नगरपालिकामा यसपटक ९ हजार ९ सय ८४ जना मतदाता थपिएका छन्। योसँगै उर्लाबारीको कुल मतदाता संख्या ४४ हजार २ सय ७२ पुगेको छ।
यसैगरि कटहरी गाउँपालिकामा ४ हजार ६३३ थप भई २६ हजार ६३, कानेपोखरी गाउँपालिकामा ८ हजार ९८९ जना थप भई २४ हजार ४५, ग्रामथान गाउँपालिकामा ४ हजार ६३६ जना थप भई २५ हजार ९४२ र जहदा गाउँपालिकामा ४ हजार २४८ जना थप भएर मतदाताको कुल संख्या २५ हजार ७१५ पुगेको छ।
आयोगद्वारा प्राप्त तथ्यांकअनुसार यसपटक मोरङको धनपालथान गाउँपालिकामा पनि ४ हजार ४५६ जना मतदाता थप भएका छन्। योसँगै धनपालथानमा मतदाता संख्या २५ हजार ७७६ पुगेको छ। यसबाहेक पथरी शनिश्चरेमा १० हजार ४८० जना थपिएर ५१ हजार ३३० र बुढीगंगा गाउँपालिकामा पनि ५ हजार २०७ जना थप भई कुल मतदाता संख्या २८ हजार १५९ पुगेको छ।
यस्तै बेलबारी नगरपालिकामा १४ हजार २१० जना नयाँ मतदाता थप भएको जनाइएको छ। बेलबारीको मतदाता संख्या ५७ हजार २०९ पुगेको छ। मोरङको मिक्लाजुङ गाउँपालिकामा समेत यसपटक ५ हजार ९२५ मतादाता थपिएका छन्। मिक्लाजुङको कुल मतदाता संख्या अब २४ हजार ९३ पुगेको छ।
साथै रंगेली नगरपालिकामा ६ हजार १८६ जना थप भई २७ हजार १८७, रतुवामाई नगरपालिकामा ७ हजार ३६७ जना थप भई ४३ हजार ५७४, लेटाङ नगरपालिकामा ७ हजार २ जना थप भई २८ हजार ४२१ र सुनवर्षी नगरपालिकामा ५ हजार ६३५ जना थप भई मतदाता संख्या २४ हजार ५४९ पुगेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
Facebook Comment
Comment