श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि कर्फ्यु

श्रीलंकामा खाद्यान्न तथा इन्धनको अभावसँगै शुरु भएको प्रदर्शन हिंसात्मक भएपछि कर्फ्यु लगाइएको छ। पछिल्लो समय खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

नेपालभ्युज

श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि कर्फ्यु

एजेन्सी। श्रीलंकामा खाद्यान्न तथा इन्धनको अभावसँगै शुरु भएको प्रदर्शन हिंसात्मक भएपछि कर्फ्यु लगाइएको छ। पछिल्लो समय खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

अभावसँगै सरकारी अधिकारीहरूले ३६ घण्टा अवधिका लागि शनिबार कर्फ्यु आदेश जारी गरिएको बताएका छन् । नयाँ निर्णयले राष्ट्रपति गोटाबाय राजापाक्षविरुद्धको प्रदर्शनमा कमी आउने अनुमान अधिकारीहरूको छ ।

पछिल्लो समय राष्ट्रपति निवासबाहिर हिंसात्मक प्रदर्शन चर्कँदै गएपछि देशभर सङ्कटकाल लागू गरिएको थियो। कोलम्बोस्थित राष्ट्रपतिको निजी निवासबाहिर भएको हिंसात्मक प्रदर्शनका क्रममा ब्यारिकेड तोडिएको थियो भने गाडीहरूमा आगजनी गरिएको थियो।

शुक्रबारको प्रदर्शनका क्रममा कम्तीमा ५३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो आदेशसँगै अब सेनाले कुनै पनि वारेन्टबिना जो कसैलाई पक्राउ गर्न सक्ने जनाइएको छ । राजधानीका प्रदर्शनमा सहभागी भएकाहरूले राष्ट्रपतिको तत्काल राजीनामाको माग गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही समययता श्रीलंकाले स्वतन्त्रतापछिकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।

कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशायी भएको बताइएको छ । कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो।

श्रीलङ्कासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको त्यहाँको मिडियाहरुले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved