जिम्मेवार पत्रकारिता नै समाज परिवर्तनको संवाहक – प्रदेश प्रमुख शर्मा

नेपालभ्युज

जिम्मेवार पत्रकारिता नै समाज परिवर्तनको संवाहक – प्रदेश प्रमुख शर्मा

हेटौँडा। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकारिता क्षेत्रले समाजमा रहेका कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमानदार भएर काम गर्नुपर्ने बताएका छन्।

शनिबार हेटौँडामा भएको ‘तुखबरडटकम’को पाचौं वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार समारोहलाई सम्बोधन गर्दै शर्माले विभिन्न कालखण्डमा शासकहरूबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरू विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका हुन्।

उनले सञ्चार माध्ययमहरुले नागरिकहरूको सुसूचित हुने अधिकारको प्रवर्द्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जबाफदेहीपूर्ण ढङ्गबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन्। उनले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको संवाहक भएको उल्लेख गरे।

यसैबीच हेटौँडाबाट सञ्चालित ‘तुखबरडटकम’ले आफ्नो पाचौं वार्षिकोत्सवको अवसरमा ६ जनालाई पुरस्कृत गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक ध्रुव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली, त्यसैगरी रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज) र धादिङ्पोष्ट डटकमका सम्पादक नारायण सिलवाललाई पुरस्कृत गरिएको छ।

विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई सम्मान गरिएको हो। कार्यक्रममा तुखबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन पनि गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved