बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड

नेपालभ्युज

बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड

धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। उपचाररत गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार तोडफोडबाट अस्पतालका बाहिरको सिसा फुटेको छ।

क्षतिको थप विवरण आउन बाँकी छ। आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ। डाक्टरको लापरवाहीका कारण मत्यु भएको भन्दै आक्रशित आफन्तले अस्पतालको ढुंगामुढा गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved