प्राथमिक तहमा भर्ना हुने स्थायी शिक्षकको परीक्षा आज

नेपालभ्युज

प्राथमिक तहमा भर्ना हुने स्थायी शिक्षकको परीक्षा आज
परीक्षा दिन भेला भएकाहरू

काठमाडौँ। शिक्षक सेवा आयोगको परीक्षाअन्तर्गत आज प्राथमिक तहमा स्थानीय शिक्षक भर्नाका लागि परीक्षा हुँदैछ। १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि मंगलबाट देशभर परीक्षा सुरु भएको हो। आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो।

मंगलबार माध्यमिक तहको लिखित परीक्षा ९सामान्य० को भएको थियो। पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ।

त्यस्तै बिहिवार निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा भयो।

निमावितर्फ दुई हजार ५९८ र मावितर्फ एक हजार ५४७ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो। तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved