विश्वकप फुटबलको ड्र सार्वजनिक, स्पेन र जर्मनी एउटै समूहमा

नेपालभ्युज

विश्वकप फुटबलको ड्र सार्वजनिक, स्पेन र जर्मनी एउटै समूहमा

एजेन्सी । कतारमा यसै वर्षको नोभेम्बरमा शुरू हुने विश्वकप फुटबलको टाइसिट ड्र सार्वजनिक भएको छ। जसअनुसार आयोजक कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस् समूह एमा परेका छन्।

गत संस्करणको विजेता फ्रान्स समुह डीमा छ। जहाँ डेनमार्क र ट्युनिसिया छनोट भइसकेका छन्, यसै समुहमा प्लेअफबाट छनोट हुने टोलीको टुंगो लाग्न भने बाँकी छ।

विश्वकपमा स्पेन र जर्मनी समूह ईमा परेका छन्। यस समुहमा जापान र प्लेअफबाट छनोट हुने एक टोली पनि पर्नेछन्। त्यस्तै गत संस्करणको उपविजेता क्रोयशिया र बेल्जियम पनि एउटै समुहमा परेका छन्।

पाँच पटकको विजेता ब्राजिलका लागि कठिन समुहमा छ। समुह जीमा ब्राजिलसँगै सर्बिया, स्विचरल्यान्ड र क्यामरुन छन्। सर्बिया पछिल्ला धेरै खेलयता अपराजित छ।

त्यसैगरी समुह एचमा उरुग्वे र घाना र पोर्चुगल र दक्षिण कोरिया छन्।

यस्तो छ टाइसिट :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved