‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’

नेपालभ्युज

‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन्।

पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुगेका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले यद्यपि अहिलेसम्म औपचारिक रूपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको बताए।

देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कुनै दलसँग तालमेल नभए पनि आफ्नो पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको बताए।

आफ्नो पार्टीले जितेको स्थानीय तहलाई नमूनाका रूपमा विकाससँगै जनतालाई प्रत्यक्षरूपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासनको अनूभुति गराएको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved