प्रधानमन्त्री देउवा भारत प्रस्थान, पुगेलगत्तै विदेश मन्त्री र सुरक्षा सल्लाहकारसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली प्रस्थान गरेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि उनी केही बेरअघि भारत उडेका हुन्। 

नेपालभ्युज

प्रधानमन्त्री देउवा भारत प्रस्थान, पुगेलगत्तै विदेश मन्त्री र सुरक्षा सल्लाहकारसँग भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली प्रस्थान गरेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि उनी केही बेरअघि भारत उडेका हुन्।

प्रधानमन्त्री उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो। सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतले प्रधानमन्त्रीलाई बिदाइ गरेका थिए।

देउवा भारत पुगेर चाणक्यपुरीस्थित आईटीसी मौर्य होटेलमा गएर बस्नेछन्। आजै अपराह्न साढे चार बजे भारतीय विदेश मन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसँगकाे कार्यक्रम छ।

त्यसपछि देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved