कृषक समूहलाई बाख्रा वितरण

नेपालभ्युज

कृषक समूहलाई बाख्रा वितरण

गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ। नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो।

नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताउनुभयो। पौडेलकाअनुसार चार कृषक समूहलाई बाख्रा वितरण गरिएको हो।

सो समूहमा प्रतिसमूह एउटाका दरले चार समूहलाई चार बोयर (५० प्रतिशत) जातको बोका तथा समूहमा आबद्ध ४८ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको पशु चिकित्सक पौडेलले बताए।

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताए। गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताए।

मासुको पकेट क्षेत्रका रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उनले बताए।

नगरपालिकाले वडा नं ३ मा यसअघि नै कृषक समूह गठन गरेर समूहका सदस्यलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो।

उन्नत जातका बाख्रा वितरणपछि गैँडाकोटको वडा नं ३ मा बाख्राको प्रवद्र्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताए। बाख्रा प्रवद्र्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न नगरप्रमुख पौडेलले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved