दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ। लाहोरमा गएराति भएको खेलमा अस्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै मात्र चार विकेट गुमाएर भेटायो।

नेपालभ्युज

दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

काठमाडौं। अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ। लाहोरमा गएराति भएको खेलमा अस्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै मात्र चार विकेट गुमाएर भेटायो।

उसका लागि कप्तान बाबर आजम र ओपनर इमाम उल हकले शतक बना। फकर जमाम ६७ रनमा आउट भए । खुसदिल साहले १७ बलमा २७ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले बेन म्याकडर्मटको शतक तथा ट्रेभिस हेडको ८९ रन मद्दतमा ६ विकेट गुमाएर तीन सय ४८ बनाएको थियो।

बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले चार विकेट लिए। पाकिस्तानको जितसँगै तीन खेलको श्रृङ्खला एक÷एकको बराबरीमा आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved