पासोमा परेर कैलालीमा चितुवा मर्‍यो

नेपालभ्युज

पासोमा परेर कैलालीमा चितुवा मर्‍यो

धनगढी । कैलालीमा पासोमा परेर चितुवा मरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखा थापिएको पासोमा चितुवा मरेको हो। पासो कसले किन थापेको खुलेको छैन।

बिहीबार बिहान चितुवा पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए।

“बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउँदै चितुवा मरेको हो,” रिजालले भने, “मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाड्ने तयारी छ।”

पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए।

उक्त वन क्षेत्रमा पटकपटक पासोमा वन्यजन्तु पर्ने गरेका छन्। दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौहन्याल सामुदायिक वनबीचको पासोमा चितुवा मरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved