वायु प्रदूषणले आन्तरिक उडान प्रभावित

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि पनि आन्तरिक उडान प्रभावित भएका छन्। अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन्। आजबाट मौसम खुल्दै जाने बताइएको छ।

नेपालभ्युज

वायु प्रदूषणले आन्तरिक उडान प्रभावित
फाइल तस्वीर

काठमाडौ। वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि पनि आन्तरिक उडान प्रभावित भएका छन्। अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन्। आजबाट मौसम खुल्दै जाने बताइएको छ।

मंगलबार र बुधबार पनि एक दर्जन आन्तरिक उडान कटौती भएका थिए । भिजिबिलिटी घट्दा सोमबार ८ वटा उडान रद्द भएकामा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने र फर्किने १२ उडान स्थगन गरिए । तीन दिनयता तालिकाभन्दा कम्तीमा डेढ घण्टादेखि तीन घण्टासम्म उडान डिले (ढिलाइ) भएको वायु सेवाहरूले जनाएका छन् ।

निजी वायु सेवाले काठमाडौंबाट भद्रपुर, विराटनगर, लुक्लालगायत पहाडी स्थानका लागि तोकेका उडान स्थगन गरेका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार समयमै उडान रद्दबारे यथार्थ जानकारी दिने प्रणाली नहुँदा विमानस्थलमा यात्रुको चाप अत्यधिक छ । ‘काठमाडौं विमानस्थलको आकाशमा तुवाँलोको मात्रा बढ्दा जहाजका लागि आवश्यक भिजिबिलिटी आइतबारयता निरन्तर घट्दो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved