त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल पीएनजीसँग भिड्दै

घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साढे १२ बजे शुरु हुनेछ।

नेपालभ्युज

त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल पीएनजीसँग भिड्दै

काठमाडौं। घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साढे १२ बजे शुरु हुनेछ।

पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ, किनकि नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ।

पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नुपर्ने दबाब छ।
लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा एक्लो अपराजित टिम हो। नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ।

मलेसियालाई पनि पराजित गरेको छ। एकदिवसीय शृङ्खलामा नेपाललाई दुवै खेलमा हराएको पीएनजी टी–२० श्रृखंलामा भने लगातार दुई खेलमा पराजित भइसकेको छ।

पीएनजीविरुद्ध आज मैदान उत्रँदा नेपालको लक्ष्य जित हासिल गर्ने हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved