काठमाडौं। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को निर्वाचनको तयारी अन्तिम चरणमा छ।
आगामी चैत १७ गते हुन लागेको निर्वाचनमा दुइवटा प्यानल मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसनिकट रमेश थापा नेतृत्वको प्यानल र वामपन्थीनिकट विनय बस्नेत नेतृत्वको प्यानल चुनावी मैदानमा छन्। दुवै समूहले मतदाताहरूलार्ई आफूलाई मत दिन आग्रह गरिरहेका छन्।
हाल नाट्टा कार्यसमितिको वरीष्ठ उपाध्यक्ष रहेका बस्नेतले १५ जनाको जुझारू समूहसहित मैदानमा आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका बस्नेत कोशी टुर एण्ड ट्राभल्स सञ्चालक हुन्।
बस्नेतले कोरोनाबाट थिलथिलो बनेको पर्यटन व्यवसायलाई पुनर्स्थापित गर्न र व्यवसायीहरुलाई सहज शैलीगत ऋण प्रवाह गराउन आफूले विशेष पहल गर्ने बस्नेतको एजेण्डा अघि सारेका छन्। उनको समूहमा उपाध्यक्षको उम्मेद्वार सुधीरकुमार उपाध्याय छन्। उपाध्याय आमा ट्राभल्सका सञ्चालक हुन्।
बस्नेत समूहका अर्का उपाध्यक्षका उम्मेदवार सुनिल शर्मा सोसाइटी ट्राभल सर्भिसका संस्थापक हुन्।
बसनेत समूहबाट टुरिजम सिस्टरहुडकी संस्थापक अध्यक्ष जिस्वा तुलाधर श्रेष्ठ महासचिव पदका लागि मैदानमा छिन्। यसैगरी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका सञ्चालक प्रज्ञा शर्मा सचिव पदकी उम्मेदवार, नेपाल बिग माउण्टेन ट्राभल्सका सञ्चालक सुदर्शन नेपाल कोषाध्यक्ष, रेजु रियान टूर्स एण्ड ट्राभल्सकी सञ्चालक गीता ढकाल (रेजु ), सह–कोषाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन्।
सदस्य पदका लागि उम्मेद्वारी दिनेहरूमा ड्रागन होलिडेजका प्रबन्ध निर्देशक राज कुमार पाठक, हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक विष्णु पाण्डे, शुभम ट्राभल्स एण्ड टुर्सका सञ्चालक दिनेश मैनाली, लुम्बिनी होलिडेज टुर एण्ड ट्राभलका सञ्चालक चुडा बहादुर जिम्बा, अनलिज्ड नेपाल इन्तरनेसनल प्रालिका प्रबन्ध निर्देशक सुदर्शन पौडेल, हाम्रो होलिडेजका सञ्चालक सुमनलाल श्रेष्ठ, स्काइलर्ड टुर्स एण्ड ट्राभल्सका सन्चालक साधुराम थापा र सिन्सियर ट्राभल्स प्रालिका सञ्चालक सन्तोष गुरुङ छन्।
नेपाली पर्यटन क्षेत्रको विकास र पुनर्उथ्थानका लागि आफ्नो समूहसँग स्पष्ट भिजन भएकाले सबैलाई मतदानका लागि बसनेत समूहबाट सचिवकी उम्मेद्वार बनेकी प्रज्ञा शर्मा बताउँछिन्। भनिन्, “हामीसँग स्पष्ट भिजन छ। हाम्रा एजेण्डाहरू पनि स्पष्ट छन्। मतदान गरी थिलथिलो बनेको पर्यटन क्षेत्रको पुनर्उथ्थानका लागि सहयोग गनुहोस्।”
यस्तै थापा नेतृत्वको प्यानलमा पनि १५ १५ जना सदस्य छन्। मुनसन ट्राभल्सका सञ्चालक थापाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको उक्त समूहको वरीष्ठ उपाध्यक्षमा प्रमोद दाहाल (कोलम्स ट्राभल्स् एण्ड टुर्स), उपाध्यक्षमा बरुण मेहता(वल्र्डवेज टुर्स एण्ड ट्राभल्स), महासचिवमा कुमारमणि थपलिया (प्रिसियस ट्राभल एण्ड टुर्स),सचिवमा युविका भण्डारी(शशिज् होलिडे इन्टरनेशनल ट्राभल एण्ड टुर्स), कोषाध्यक्षमा राजकुमार देवकोटा (वर्ल्ड फेवर ट्राभल एण्ड टुर्स) र कोषाध्यक्षमा राजा शाक्य (कन्फिडेन्स ट्राभल एण्ड टुर्स) रहेका छन्। यसैगरी कार्यसमितिका सदस्यहरुमा ढकनाथ काफ्ले (होलिडे एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स),नमराज भेटुवाल (अक्सफोर्ड ट्राभल एण्ड टुर्स), परशुराम घिमिरे(प्रिजेण्ट ट्राभल),रामशोभित नायक (रस्विता इन्टरनेशल ट्राभल एण्ड टुर्स), टेण्डि शेर्पा (डालिमा टुर एण्ड ट्राभल्स), महेश कोइराला (दीपक), नेपाल होलिडे मेकर, श्रद्धा जोशी (ए.एन.टी होलिडेज) र सबला भण्डारी (इन्द्र ट्राभल एण्ड टुर) रहेका छन्।
Facebook Comment
Comment